एफए कप फुटबलको उपाधि पहिलो पटक लेष्टर सिटीले उचाल्यो | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

एफए कप फुटबलको उपाधि पहिलो पटक लेष्टर सिटीले उचाल्यो

एजेन्सी । लेष्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको छ ।

शनिबार राति भएको फाइनलमा चेल्सीलाई १–० गोल अन्तरले पराजित गर्दै लेष्टरले पहिलो पटक उपाधि जितेको हो ।

यस अघि चार पटक फाइनलमा पराजित भएको लेष्टर क्लब स्थापनाको १ सय ३७ वर्षे इतिहासमा लेष्टरले पहिलो पटक एफए कप जित्न सफल रह्यो ।

वेम्बली स्टेडियममा लेष्टरलाई जित दिलाउन युरी टियलमेन्सले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६३ औं मिनेटमा युरीले उत्कृष्ट गोल गरेका थिए ।

यस्तै खेलको ८९ औं मिनेटमा चेल्सीका बेल चिलवेलले गोल गरेका थिए । तर, भीएआर प्रविधिमा अफसाइड देखिँदा उनको गोलले मान्यता पाएन ।

पराजित चेल्सीको भने नवौं पटक उपाधि जित्ने सपना विफल भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);