एफए कप फुटबलको तेस्रो चरणकोे रिप्ले खेलमा लेस्टर सिटी विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

एफए कप फुटबलको तेस्रो चरणकोे रिप्ले खेलमा लेस्टर सिटी विजयी

141c41e5e681efdb470670a8ca9c19c6

काठमाडौँ, ३ माघ । एफए कप फुटबलको तेस्रो चरणकोे रिप्ले खेलमा लेस्टर सिटी विजयी, फेल्टवुड टाउन २–० ले पराजित, जितसँगै लेस्टर एफए कपको उपाधि होडमा एफए कप फुटबलको तेस्रो चरणकोे रिप्ले खेलमा जित निकाल्दै लेस्टर सिटीले अघिल्लो चरणमा स्थान पक्का गरेको छ ।

घरेलु मैदानमा मंगलबार राति भएको खेलमा लेस्टर सिटीले फेल्टवुड टाउनलाई २–० ले हराएको हो । लेस्टरको जितमा दुवै गोल केलिची इहिनाचोले गरे । ४३ औँ मिनेटमा इस्लामी स्लिमानीको पासमा इहिनाचोले गोल गर्दै लेस्टरलाई सुरुवाति अग्रता दिलाए ।

पहिलो हाफमा लेस्टरका लागि एक गोल गरेका इहिनाचोले दोस्रो हाफको ७७ औं मिनेटमा कीर्तिमानी गोल गरे । इंग्लिस फुटबलमा भिएआरमार्फत गोल गर्ने इहिनाचो पहिलो खेलाडी बनेका छन् । तेस्रो चरणको खेलमा गोलरहित बराबरी भएपछि दुई टिमबिच रिप्ले भएको हो । राति नै भएका अरु रिप्लेमा कार्डिफले म्यानस्फिल्डलाई ४–१, सेफिल वेइनस्डेले कारलिस्लेलाई २–०, वेष्ट ह्यामले श्रीस्बुरीलाई १–० तथा रिडिङले स्टेवेनागेलाई ३–० ले हराएर अघिल्लो चरणमा स्थान पक्का गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);