चम्कीयो चेल्सी, म्यानचेस्टर सिटीलाई समस्या, प्लेअफमा के होला ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

चम्कीयो चेल्सी, म्यानचेस्टर सिटीलाई समस्या, प्लेअफमा के होला ?

चेल्सी एफए कप फुटबलको क्वाटरफाइनलमा, क्लब उल्फ २–० ले पराजित, हर्ड्सफिल्डसँग बराबरीमा रोकिएपछि म्यानचेस्टर सिटीले भने रिप्ले खेल्नुपर्ने

चम्कीयो चेल्सी

  काठमाडौं । इंग्लिस प्रिमियर लिग लिडर चेल्सी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको पाँचौं चरणको खेलमा उल्फलाई २–० ले हराएर चेल्सीले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

चेल्सीको जितमा पेड्रो र डिएगो कोस्टाले गोल गरे । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको चेल्सीका लागि ६५ औं मिनेटमा पेड्रोले पहिलो गोल गरे ।

८९ औं मिनेटमा कोस्टाले गोल गरेपछि चेल्सी २–० ले विजयी भयो ।

चेल्सीले क्वाटरफाइनलमा स्थान बनाएपनि प्रिमियर लिगको शीर्ष स्थानकै होडमा रहेको म्यानचेस्टर सिटीले भने रिप्ले खेल्नु पर्ने भएको छ ।

राति नै भएको खेलमा म्यानचेस्टर सिटी भने हर्ड्सफिल्ड टाउनसँग गोलरहित बराबरीमा रोकियो । सिटीले अब क्वाटरफाइनल प्रवेशका लागि रिप्ले खेल्नु पर्नेछ ।

राति नै भएको अर्को खेलमा अक्सफोर्ड युनाइटेडलाई ३–२ ले हराएको मिडल्सबर्गले पनि क्वाटरफाइनलमा स्थान बनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);