विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याबीचको खेल किर्तिपुरमा हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याबीचको खेल किर्तिपुरमा हुने

८ फागुन काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याबीचको खेल नेपालमा हुने भएको छ ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याबीचको खेल किर्तिपुरमा हुने

८ फागुन काठमाडौं ।  विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याबीचको खेल नेपालमा हुने भएको छ ।

आइसीसीका अनुसार नेपाल र केन्याबीचको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमै हुनेछ । नेपाल र केन्याबीचको पहिलो खेल फागुन २८ मा हुनेछ भने दोस्रो खेल फागुन ३० मा हुनेछ । आईसीसीले आफ्नो वेबसाइटमा नेपाल र केन्याको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने जनाएको हो ।

लिगमा चौथो चरणको खेल सकिदासम्म नेपाल ६ अंक सहित अंक तालिकाको छैठौं स्थानमा छ । नेपालले ८ खेलमा ३ मा जित र ५ खेलमा हार बेहोरेको छ । केन्या ८ अंक जोडेर लिगको पाँचौ स्थानमा छ ।

च्याम्पियनसिपको शीर्ष स्थानमा नेदरल्यान्ड, दोस्रोमा पपुवा न्यु गिनी, तेस्रोमा हंगकंग र चौथोमा स्कटल्यान्ड छन् । नेपालभन्दा पछि  नामिबिया र यूएई छन् । प्रतियोगिताको लागि नेपालले दोस्रो चरणमा २४ सदसिय नेपाली टोलि समेत छनोट गरिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);