क्रिकेटः दोस्रो खेलमा ओमानको सामना गर्दै नेपाल  | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

क्रिकेटः दोस्रो खेलमा ओमानको सामना गर्दै नेपाल 

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग २ का लागि अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (मंगलबार) आफ्नो दोस्रो खेलमा ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

पियरल्यान्डस्थित मुसा क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ । ओमानविरुद्ध मैदान उत्रिँदा नेपाली टिम पहिलो खेलमा बेहोरेको हारको बदला लिने लक्ष्यमा हुनेछ ।

आजको खेलसँगै ओमान विश्वकप क्रिकेट लिग २ मा सबै खेल खेल्ने पहिलो टिम बन्ने । नेपालले भने हालसम्म १४ खेल खेलेको छ । नेपालले हालसम्म ओमानसँग पाँच खेल खेलेको छ । जसमध्ये ओमानले चार खेल जित्दा एक खेलको नतिजामात्र नेपालको पक्षमा छ ।

यसअघि त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा भने नेपाल र अमेरिकाबीचको खेल ‘टाइ’ भएको थियो । तालिकाको शीर्ष स्थानमा रहेको ओमानले ३५ खेलबाट ४४ अंक जोडेको छ । यस्तै, १४ खेलबाट १३ अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ । शृंखलामा नेपालले असार १ गते घरेलु टिम अमेरिकाविरुद्ध अन्तिम खेल खेल्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);