विश्वकप लिग २ मा नेपाल र अमेरिका भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विश्वकप लिग २ मा नेपाल र अमेरिका भिड्दै

nepal parajit

काठमाडौं, २५ माघ । विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ को दोस्रो खेलमा नेपालले आज अमेरिकासँग खेल्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने खेलमा त्रिकोणात्मक सिरिजमा दुबै देश पहिलो जितको खोजीमा मैदान उत्रने छन् ।

नेपाल र अमेरिका पहिलो खेलमा ओमानसँग पराजित भएका थिए । पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो भने अमेरिकालाई ओमानले ६ विकेटले पराजित गरेको थियो ।

लिगको अन्तर्गत अमेरिका शीर्ष स्थानमा रहेको छ । उसले ९ खेलमा ६ जित हात पार्दै १२ अंकका साथ नेट रन रेटमा ओमानलाई पछि पारेको छ ।

नेपाल भने एक खेल खेल्दा अंक विहीन रहदै तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ । त्यसैले अमेरिकाविरुद्ध नेपाल पहिलो अंकको खोजीमा मैदान उत्रने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);