ए डिभिजन लिगमा आज तीन खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

A division league

काठमाडौं, २५ माघ । सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन् । एन्फा कम्प्लेक्स मैदानमा दुई खेल हुँदैछन् भने हल्चोक मैदानमा एक खेल हुनेछ । एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा र च्यासल तथा जावलाखेल युथ क्लब र फ्रेण्ड्स भिड्दैछन् भने हल्चोक मैदानमा हुने खेलमा मनाङ मस्र्याङ्दी क्लब र न्यूरोड टिमबीच प्रतिस्पर्धा हुनेछ ।

हिमालयन शेर्पा रेलिगेसनको दबाबमा छ । रेलिगेसन जोनभन्दा दुई अंकले मात्र माथि रहेको हिमालयन शेर्पा क्लबलाई आजको जित निकै महत्वपूर्ण छ । च्यासल भने रेलिगेसन जोनबाट माथि छ । च्यासल १० खेलबाट १२ अंक बनाउँदै दशौं स्थानमा छ । उसले तीन जित, तीन बराबरी र चार हारको नतिजा निकालेको छ ।

दोस्रो खेलमा फ्रेण्ड्स र जावलाखेल युथ क्लब प्रतिष्पर्धा गर्दैछन् । लिगमा जावलाखेल १४ अंक बनाउँदै सातौं स्थानमा छ । उसले १० खेलमा चार जित, तीन बराबरी र तीन हारको नतिजा निकालेको छ । आज फ्रेण्ड्सलाई हराउन सकेमा जावलाखेलको सुपर सिक्समा रहेको लिग टुंगाउने सम्भावना बलियो हुनेछ । १४ अंक सहित नवौं स्थानमा रहेको फ्रेण्ड्स पनि जावलाखेललाई हराउँदै सुपर सिक्समा पुग्न चाहन्छ ।

आजै तीन बजे हल्चोक मैदानमा हुने मनाङ मस्र्याङ्दी क्लब र न्यूरोड टिम एनआरटीबीचको खेलमा सर्वा्धिक चासो रहनेछ । उपाधि रक्षाको अभियानमा रहेको मनाङ फ्रेण्ड्सलाई हराएर तेस्रो स्थानमा उक्लिन चाहन्छ । मनाङले १० खेलमा पाँच जित, चार बराबरी र एक हारको नतिजा निकाल्दै १९ अंक बनाएको छ ।

आजको खेलमा पराजय वा बराबरी भएको खण्डमा मनाङ मस्र्याङ्दी उपाधि होडबाट आधिकारिक रुपमा बाहिरिनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);