ए डिभिजनमा आज हिमालयन र सरस्वती तथा आर्मी र जावलाखेल भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

ए डिभिजनमा आज हिमालयन र सरस्वती तथा आर्मी र जावलाखेल भिड्दै

A division league

काठमाडौं, १४ माघ । सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सरस्वती युवा क्लब प्रतिष्पर्धा गर्दैछन् भने दोस्रो खेलमा त्रिभूवन आर्मी क्लब जावलाखेल युथ क्लबीच हुनेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने दुबै खेलमध्ये पहिलो समूहमा हिमालयन शेर्पा क्लब र सरस्वती खेल्नेछन् । अहिलेसम्म एउटा पनि जित हात पार्न नसकेको सरस्वती लिगको पुछारमा छ भने आठ खेल सकिँदा हिमालयन शेर्पा सात अंक बनाउँदै रेलिगेसन जोनभन्दा एक स्थानमात्र माथि छ ।

त्यस्तै दिउँसो तीन बजे हुने खेलमा उपाधिको दाबेदार आर्मी जावलाखेल युथ क्लबसँग खेल्दैछ । आठ खेल सकिँदा आर्मीले पाँच जित दुई बराबरी र एक हारको नतिजा निकाल्दै १७ अंक बनाएको छ ।

जावलाखेल भने आर्मीलाई हराएर शीर्ष ६ मा पुग्ने लक्ष्यमा छ । अहिले आठ खेलबाट १२ अंक बनाएको जावलाखेलले आजको खेलमा जित हात पारेको खण्डमा चौथो स्थानमा उक्लिनेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);