भोलिदेखि संसद बैठक सुचारु हुने, विपद् व्यवस्थापनसम्बन्धी विशेष प्रश्ताव पारित गरिने | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८३, आइतबार

भोलिदेखि संसद बैठक सुचारु हुने, विपद् व्यवस्थापनसम्बन्धी विशेष प्रश्ताव पारित गरिने

काठमाडौँ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले मुलुकमा आइपरेको प्राकृतिक विपद्को घडीमा जनसरोकारका विषयलाई सम्बोधन गर्न संसदको भुमिका महत्वपूर्ण हुने बताउनुभएको छ । मंगलवार आयोजित कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले संसद् बैठक शिघ्र सुचारु गर्नुपर्नेमा जोड दिनुभएको हो । प्रमुख सचेतक थापाकाअनुसार यसअघि भदौ २२ गतेका लागि तय गरिएको संसद बैठक राजनीतिक दलहरूको आग्रह र कार्यव्यवस्था परामर्श समितिको निर्णयबमोजिम बुधवार (भोलि) देखि नै सुचारु हुने भएको छ । भोलिको बैठकमा हालैको अविरल वर्षा, बाढी र पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत र उद्धारलाई प्रभावकारी बनाउन विशेष प्रस्ताव पारित गरिने जानकारी उहाँले दिनुभयो ।

उहाँले उद्धारका लागि प्राविधिक टोलीहरू कार्यक्षेत्रमा खटिसकेको र सांसदहरूले संसद्मार्फत नीतिगत दबाब सृजना गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो । भोटेकोशीको बाढी र कृष्णभीरको पहिरोका कारण उपत्यका जोड्ने मुख्य नाकाहरू अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री, पेट्रोलियम पदार्थ र ग्यासको अभाव हुन सक्ने प्रति चिन्ता व्यक्त गर्दै उहाँले सरकारलाई यस विषयमा गम्भीर हुन सुझाव दिनुभयो । प्रमुख सचेतक थापाले संकटको यस घडीमा मानवीय संवेदनालाई आत्मसात गर्दै व्यापारिक नैतिकता कायम राख्न र कालोबजारीमा संलग्न नहुन सम्पूर्ण उद्योगी व्यवसायीहरूलाई आग्रह समेत गर्नुभएको छ । अवरुद्ध राजमार्गहरू खोल्न र आपूर्ति व्यवस्था सहज बनाउन सरकारले छिट्टै ठोस विकल्प निकाल्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।

Leave a Reply

ताजा समाचार