अधिवेशनको तयारीबारे छलफल गर्न आज कार्यव्यवस्था परामर्श समितिको बैठक | ईमाउण्टेन समाचार

Our Network

साउन २२ २०८३, शनिबार

अधिवेशनको तयारीबारे छलफल गर्न आज कार्यव्यवस्था परामर्श समितिको बैठक

२०८१,१०,१५

संघीय संसद्को हिउँदे अधिवेशनको तयारीस्वरूप आज कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ। प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यस्था समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ भने राष्ट्रिय सभा अन्तर्गतको कार्यव्यस्था समितिको बैठक दिउँसो १२ बजेका लागि बोलाइएको छ।

अधिवेशन आह्वान भएपछि पहिलोपटक बस्न लागेको बैठकमा संसद्को पहिलो दिनको बैठकको तयारीबारे छलफल हुने संसद् सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए। उनका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकले तयार भएका क्यालेण्डर परिमाजर्नसमेत गर्न सक्नेछ।

यही माघ १८ गते शुक्रबार शुुरु हुने संघीय संसदको हिउँदे अधिवेशनको तयारी तीव्र पारिएको छ । सभामुख देवराज घिमिरेले हिजो दलका मुख्य सचेतक र सचेतकहरूसँग सिंहदरबारमा छलफल गरेका थिए। यसअघि उनले आइतबार सत्तापक्ष र प्रतिपक्षका मुख्य सचेतक र सचेतकसँग छुट्टाछुट्टै छलफल गरेका थिए।

Leave a Reply

ताजा समाचार