राजनीति

अध्यक्ष ओलीको प्रतिवेदनले पार्टीभित्र एकताको भाव पैदा गरेको एमाले सचिवालयको निष्कर्ष

काठमाडौं ।

नेकपा (एमाले)ले ललितपुरमा जारी पार्टी केन्द्रिय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रश्तुत गरेको राजनीतिक प्रतिवेदन ग्रहण गर्दै पार्टीको तल्लो तहसम्म संप्रेषण गर्ने निर्णय गरेको छ । बिहीवार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टी उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो । उहाँकाअनुसार बैठकले अध्यक्षको प्रतिवेदनले पार्टीभित्र एकताको भाव पैदा गरेको निष्कर्ष समेत निकालेको छ । उपमहासचिव भट्टले बैठकमा पार्टीका विभिन्न विभागमा मनोनयन गर्ने व्यक्तिका विषयमा छलफल भएको पनि बताउनु भयो । मनोनयनको सम्बन्धमा  अन्तिम निर्णय केन्द्रिय कमिटीको बैठकबाट हुने उहाँको भनाइ छ ।उहाँले पार्टी एकतामा आएका तथा प्रवेश गरेका नेताहरुलाई विभिन्न कमिटीमा मनोनयन गर्नेबारे समेत बैठकमा छलफल भएको बताउनु भयो ।

Related Post
Share

This website uses cookies.