पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने एमाले अध्यक्ष ओलीको भनाई | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने एमाले अध्यक्ष ओलीको भनाई

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका छन् ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा जारी केन्द्रिय समितिको बुधबारको बैठकमा बोल्दै उनले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने बताउनु भएको हो ।

साथै एमालेले पार्टी जीवनमा प्रतिकूल परिस्थिति आएको निष्कर्ष निकाल्दै त्यसबाट निराश नभई पार्टीको पक्षमा दृढतापूर्वक उभिन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ ।

बैठकले जनताको पक्षमा काम गर्दै पार्टीलाई राष्ट्रिय राजनीतिको पूरानै अवस्थामा पु-याउने, प्रतिपक्ष दलको हैसियतमा जन सरोकारका चासोलाई सम्बोधन गर्न सरकारलाई दवाव दिने गरी अघि बढने निर्णय पनि गरेको प्रवक्ता ज्ञवालीले बताए ।

प्रतिकूल परिस्थितिमा पार्टी अध्यक्ष ओली नेतृत्वको सरकारले ४१ महिनामा राम्रो काम गरेको समिक्षा गर्दैै धन्यवाद समेत दिएको छ । बैठकले आज नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस तुलसीलाल स्मृति प्रतिष्ठानमै मनाउने निर्णय समेत गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);