जसपाको विवाद समाधान गर्न निर्वाचन आयोगको इजलास बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जसपाको विवाद समाधान गर्न निर्वाचन आयोगको इजलास बस्दै

काठमाडाैं । जनता समाजवादी पार्टी जसपाको विवाद निरुपण गर्न निर्वाचन आयोगको इजलास आज बस्दैछ ।

गत आइतबारदेखि सुनुवाइ सुरु गरेको आयोगले आज दुवै पक्षको बहस टुंग्याउने तयारी गरेको हो । जसपाको केन्द्रीय कार्यकारिणी समितिको बहुमत, अल्पमत हेरेर निर्णय लिइने आयोगले जनाएको छ ।

राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणको आधारमा कुनै पक्षलाई मान्यता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत रहेको पक्षलाई दलको आधिकारिकता दिने प्रावधान छ ।

आयोगले जसपा विवादबारे टुंगो लगाउन प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्सीय इजलास गठन गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);