जसपा विवाद समाधानका लागि निर्वाचन आयोगको इजलास बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

जसपा विवाद समाधानका लागि निर्वाचन आयोगको इजलास बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी जसपा विवादको टुंगो लगाउन आज इजलास बस्दै छ ।

जनता समाजवादी पार्टीको आधिकारिकतासम्बन्धी विवाद टुंगो लगाउन निर्वाचन अयोग गठित इजलासमा आज सुुनुवाइ गरिने भएको हो । आयोगले आज जसपाका अध्यक्ष महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्ष दुवै पक्षलाई बोलाएर इजलासमा सुनुवाइ गर्न लागेको हो । पार्टीको आधिकारिकता विवाद निरूपण गर्न राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अन्तर्गत सुनुवाइ हुन लागेको आयोगले जनाएको छ ।

जसपाका दुवै पक्षले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन पेश गरेपछि आयेगले उनीहरुलाई मेलमिलापका लागि बोलाएर समस्या समाधान गर्न खोजेको थियो । तर दुबै पक्षले पार्टी छुटाएरै जाने अडान राखेपछि आयोगले गत असार २३ गते इजलास गठन गरेको थियो ।

आयोगले सुनुवाइका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा आयुक्तहरूको ५ सदस्यीय इजलास गठन गरेको छ । इजलासमा प्रमुख निर्वाचन आयुक्त थपलियासहित आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबरा छन्।

आजै बहस सुरू भएमा एक पक्षलाई तीन घण्टाको समय दिने आयोगको तयारी छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);