‘हेड काउन्ट’ विरुद्ध महन्थ ठाकुर पक्षको रिट न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

‘हेड काउन्ट’ विरुद्ध महन्थ ठाकुर पक्षको रिट न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षले हेड काउन्ट विरुद्ध सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको पेशी न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको छ । जसपाको आधिकारिकता विवाद समाधानका लागि निर्वाचन आयोगले गठन गरेको इजलासले केन्द्रीय कार्यकारिणी सदस्य गनेर आधिकारिकता दिने निर्णय गरेपछि सो कदम रोक्न माग गर्दै ठाकुर पक्ष सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

त्यो कदम रोक्न परमादेश जारी गर्न रिटमा माग गरिएको छ । आयोगले सोमबार दुबै पक्षका कार्यकारिणी सदस्यहरुलाई बोलाएर हेड काउन्ट अर्थात् मान्छे गनेर आधिकारिकता दिने बताएको थियो । सोही कदमविरुद्ध ठाकुर पक्षका प्रदीप पाठकले दायर गरेको रिटमा कार्यकारिणी समितिमा गरेको हेरफेरलाई अद्यावधिक नगरी विवाद निरुपण प्रक्रिया अघि बढाउँदा पार्टी केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुने दाबी गरिएको छ ।

आधिकारिकता विवाद टुंगो लगाउन इजलास गठन गरेर सुनुवाइ गरेको आयोगले २०७७ असार १२ गते दर्ता भएको कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि साउन ११ गते बोलाउने निर्णय गरेको थियो। यसरी हेड काउन्ट हुँदा यादव पक्षले आधिकारिकता पाउने पक्का भएकाले ठाकुर पक्ष सोका विरुद्ध सर्वोच्च पुगेका हुन् ।

आयोगले आधिकारिकता विवाद समाधानका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा आयुक्तहरूको ५ सदस्यीय इजलास गठन गरेको छ । इजलासमा प्रमुख निर्वाचन आयुक्त थपलियासहित आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबरा छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);