संसद् फेरि पुनर्जीवित भएर हामी सबैलाई मर्नबाट जोगाइएकोमा बधाई : माधव नेपाल | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८३, बिहीबार

संसद् फेरि पुनर्जीवित भएर हामी सबैलाई मर्नबाट जोगाइएकोमा बधाई : माधव नेपाल

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले संसद पुनस्थापना भएकोमा सांसदहरूलाई बधाई दिएका छन् ।

दाश्रो पटक प्रतिनिधिसभा पुनस्थापनापछि पहिलोपटक आइतबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता नेपालले भने संसद पुनस्थापना भएकोमा खुशी साट्दै सांसदहरुलाई बधाई दिएका हुन् । उनले भने –‘हामी सबैलाई मर्नबाट जोगाइएको छ । संसद् फेरि पुनर्जीवित भएको छ । हामी सबैलाई बधाई छ । एउटा संघर्षबाट सफल भएर भेट भएको छ ।’

नेता नेपालले कोरोना महामारीको समयमा तत्काललाई निर्वाचनमा जानुपर्ने स्थिति टरेको भन्दै संसदलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए–‘‘संसद् पुनस्थापना नभएको भए हामी कोरोना फैलाउँदै, आफू पनि संक्रमित हुँदै भोट माग्न गाउँगाउँ जानुपर्ने अवस्था हुने थियो । त्यसको अन्त्य गरेका छौं । अब संसद्लाई प्रभावकारी बनाएर लानुपर्नेछ । ’’

नेता नेपालले नयाँ सरकारले हिजोको सरकारका नराम्रा कुराबाट सिकेर अघि बढ्नुपर्ने पनि बताए ।

Leave a Reply