जसपा अध्यक्ष यादव र विप्लवबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार

जसपा अध्यक्ष यादव र विप्लवबीच भेटवार्ता

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव नेत्र विक्रम चन्दबीच भेट वार्ता भएको छ ।

विप्लव आफ्ना पार्टीका नेताहरु खड्ग बहादुर विश्वकर्मासहित अध्यक्ष यादवलाई भेट्न उनको निवासमा पुगेका थिए ।

विप्लवले पछिल्लो समय राजनीतिक भेटघाटलाई तिब्र पारेका छन् । यसअघि शनिबार विप्लवले जसपा अध्यक्ष महन्थ ठाकुर र नेकपा एमालेका नेता तथा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलसँग पनि भेटवार्ता गरेका थिए ।

यसअघि विप्लवले प्रधानमन्त्री देउवा, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधव कुमार नेपाल, जसपा नेता बावुराम भट्टराईका साथै मोहन बैद्यलाई समेत भेट गरिसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);