पूर्वसहयोद्धा बादल र विप्लवबीच भेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८३, बिहीबार

पूर्वसहयोद्धा बादल र विप्लवबीच भेट

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व गृहमन्त्री रामबहादुर थापा बादल र नेकपा महासचिव नेत्र विक्रम चन्दबीच भेट वार्ता भएको छ ।

विप्लव आफ्ना पार्टीका नेताहरु खड्ग बहादुर विश्वकर्मा प्रकाण्ड र सन्तोष बुढामगरसँगै पूर्वमाओवादी नेता थापालाई भेट्न उनको निवासमा पुगेका थिए ।

बादल र विप्लव माओवादी द्वन्द्वकालदेखिका सहयोद्धा थिए । विप्लवलाई शान्ति सम्झौतामा ल्याउन गठन गरिएको वार्ता टोलीमा बादल पनि सहभागी थिए ।

यो पनि पढ्नुहोस

बादल र विप्लव आमने–सामनेदेखि वार्ताको टेवुलसम्म

विप्लवले पछिल्लो समय राजनीतिक भेटघाटलाई तिब्र पारेका छन् । यसअघि शनिबार नै विप्लव र प्रकाण्ड जसपाका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका थिए ।

यो पनि पढ्नुहोस

महन्थ ठाकुर र विप्लवबीच भेटवार्ता

उनले प्रधानमन्त्री देउवा, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधव कुमार नेपाल, जसपा नेता बावुराम भट्टराईका साथै मोहन बैद्यलाई समेत भेट गरिसकेका छन् ।

Leave a Reply