प्रधानमन्त्री ओलीको दोस्रो उपलब्धी : विप्लव नेतृत्वको पार्टी अब शान्तिपूर्ण मूलधारमा | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

प्रधानमन्त्री ओलीको दोस्रो उपलब्धी : विप्लव नेतृत्वको पार्टी अब शान्तिपूर्ण मूलधारमा

काठमाडौं, २० फागुन । सरकारले प्रतिवन्ध लगाएको नेकपा विप्लव समूहले हिंसाात्मक गतिबिधि त्याग गर्ने घोषणा गरेको छ। । बिहीबार सरकारसँग तीन बुँदे सहमति गर्दै हिंसा छोड्ने सहमति गरेको हो।

सरकारले यो समूहमाथिको प्रतिबन्ध समेत हटाउने भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए । सहमति अनुसार सो समूहका जेलमा रहेका नेता कार्यकर्ता रिहाई गर्ने र समूहले सम्पूर्ण राजनीतिक समस्याको समाधान वार्ताको टेवुलबाट गर्ने सहमति भएको छ।


यसरी सहमति भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र सो पार्टीका महासचिव विप्लवले शुक्रबार बिशेष कार्यक्रम गरेर एउटै कार्यक्रमबाट सम्बोधन गर्ने भएका छन् ।

गत मंगलबार सरकारले सो समूहसंग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादल र प्रधामनन्त्रीका परराष्ट्र सल्लहाका राज भट्राई रहेको वार्ता टोली गठन गरेको थियो भने विप्लव नेतृत्वको नेकपाले खड्गबहादुर विश्वकर्म र उदय चलाउने रहेको वार्ता टोली गठन गरेको थियो।

प्रधानमन्त्री ओलीको कार्यकालमा यसलाई दोस्रो महत्वपूर्ण उपलब्धी मानिएको छ। यस अघि सिके राउतलाई पनि वार्ताको टेवुलमा ल्याएर शान्तिपूर्ण राजनीतिमा ल्याएका थिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);