सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता, प्रतिवन्ध फुकुवाको कडा शर्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता, प्रतिवन्ध फुकुवाको कडा शर्त

काठमाडौं, १९ फागुन । सरकार र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच औपचारिक वार्ता सुरु भएको छ । बुधबार बिहान सुरु भएको सो वार्तामा प्ररम्भिक एजेण्डामा छलफल जारी रहेको छ ।

स्रोतका अनुसार सरकारी वार्ता टोलीको तर्फबाट हिसात्मक गतिनिविध बन्द गरेर शान्तिपूण राजनीतिमा आउन विप्लव नेतृत्वको नेकपालाई आग्रह गरेको छ भने प्रकाण्ड नेतृत्वको वार्ता टोलीले जेलमा रहेका नेता कार्यकर्ताको रिहाई र मुद्धा फिर्ता लिन र पार्टीमाथिको प्रतिबन्ध फुकुवाको माग अगाडि सारेको छ।

सो पार्टीका १२६ नेता कार्यकर्ता प्रहरी नियन्त्रणमा छन् । वार्तामा सहमति भएमा सरकारले विप्लव नेतृत्वको नेकपा माथिको प्रतिवन्ध फुुकुुवा समेत गर्ने तयारी गरेको छ। यसका लागि मान्त्रिपरिषदको बैठकले औपचारिक निर्णय गर्न आवश्यक रहेकोले बिहीबार यस सम्बन्धि निर्णय हुने स्रोतले बतायो।

अहिले प्रधानमन्त्री निवास बालुवाटारमै दुवै वार्ता टोलीबीच छलफल सुरु भएको स्रोतले जनाएको छ । वार्तामा सहभागी हुन विप्लव नेतृत्वको वार्ता टोली मंगलवार साँझै काठमाडौं आएको थियो ।

सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा बादल र डा. राजन भट्टराई तथा विप्लव समूहका वार्ता टोली संयोजक खड्गवहादुर विश्वकर्मा र उदय चलाउनेबीचको वार्ता जारी छ ।

सरकारले मंगलबार मात्रै वार्ता टोलीको घोषणा गरेको थियो भने विप्लव नेतृत्वको नेकपाले त्यसको केहीबेरमा नै वार्ता टोली घोषणा गरेको थियो

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);