सरकारी वार्ता टोली र विप्लव नेकपाबीच औपचारिक हस्ताक्षर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सरकारी वार्ता टोली र विप्लव नेकपाबीच औपचारिक हस्ताक्षर

काठमाडौं, २१ फागुन । नेपाल सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिमा शुक्रबार औपचारिक हस्ताक्षर भएको छ ।

सरकारी टोलीका वार्ता नेतृत्व गरेका गृहमन्त्री रामबहादुर थापा र विप्लव वार्ता टोली नेतृत्व गरेका खड्ग बहादुर विश्वकर्माले राष्ट्रिय सभागृहमा शुक्रबार भएको नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोहमा औपचारिक रुपमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा पार्टी महासचिव नेत्र विक्रम चन्दको उपस्थिती रहेको छ । हिंसाको बाटोमा लागेको विप्लव समूहलाई वार्तामा ल्याएर शान्तिपूर्ण राजनीतिमा ल्याएको यो कदमलाई ऐतिहासिक मानिएको छ । यसका लागि विभिन्न औपचारिचक तथा अनौपचारिक रुपमा विगत १ वर्ष देखि वार्ताहरु भईरहेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।

सहमतिमा दुवै पक्ष विभिन्न समस्याको समाधानका लागि वार्ताको टेवलमा आउने, नेकपाका सबै गतिविधि शान्तिपुर्ण रुपमा सञ्चालन गर्न, पार्टीमाथि लगाइएको प्रतिबन्ध र हिरासतमा रहेका नेता कार्यकर्ता रिहा तथा सम्पूण मुद्दाहरु खारेज गर्न सहमति भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);