विप्लव नेकपासँग सरकारी टोलीको दोस्रो चरणको वार्ता, सहमति नजिक | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८३, सोमबार

विप्लव नेकपासँग सरकारी टोलीको दोस्रो चरणको वार्ता, सहमति नजिक

काठमाडौं, १९ फागुन । सरकारी वार्ता टोली र विप्लव नेतृत्वको वार्ता टोलीबीच दोस्रो चरणको वार्ताा सम्पन्न भएको छ। वार्ता सहमति नजिक पुगेका सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिएका छन् राजधानीको गोप्य ठाँउमा भएको सो वार्ता सहमति नजिक पुगेको बताइएको छ।

भट्टराईले आफ्नो समाजिक संजाल फेसबुक मार्फत दोस्रो चरणको वार्ता बुधबार साँझ सम्पन्न भएको सार्वजनिक गरेका छन् ।

‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले सा‘झ सम्पन्न भयो । वार्ता बिषय केन्द्रीत रह्यो । दुबै पक्ष समान धारणा नजीक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।’ उनले लेखेका छन् ।

Leave a Reply