२ वर्षे भूमिगत जीवनपछि आज सार्वजनिक हुँदै विप्लव, प्रधानमन्त्रीसँग एउटै मञ्चबाट सम्बोधन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

२ वर्षे भूमिगत जीवनपछि आज सार्वजनिक हुँदै विप्लव, प्रधानमन्त्रीसँग एउटै मञ्चबाट सम्बोधन गर्ने

netra bikram chanada

काठमाडौं, २१ फागुन। सरकार र नेत्र विक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीबीच सहमति भएपछि सो पार्टीका महासचिव चन्द ‘विप्लव’ शुक्रबार सार्वजनिक हुँदैछन् ।

सरकारले २०७५ मा विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि भूमिगत रहेका उनी शुक्रबार सार्वजनिक हुन लागेका हुन् । बुधबारबाट सुरु भएको सरकारी टोली र विप्लव समूहबीचको वार्तामा बिहीबार सहमति भएपछि शुक्रबार विशेष समारोह गरी वार्तामा भएका ३ बुँदै सहमति सार्वजनिक गर्दै चन्द सार्वजनिक हुन लागेका हुन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने दुवै पक्षका वार्ता टोली संयोजकले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विप्लव कार्यक्रममा सहभागी हुनका लागि नवलपरासीबाट काठमाडौं हिडी सकेका छन्।

वार्तामा भएको सहमति अनुसार सरकारले विप्लव समूहमाथि प्रतिबन्ध हटाउने तथा पक्राउ परेका नेता कार्यकर्ता रिहाई गर्ने सहमति भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।

विप्लव नेतृत्वको नेकपालाई हिसांत्मक गतिविधिमा सहभागी भएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नै २०७५ फागुन २८ को मन्त्रिपरिषद् निर्णयले प्रतिबन्ध लगाएको थियो । सरकारले सो समूहसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादल र प्रधामनन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहेको वार्ता टोली गठन गरेको थियो भने विप्लव नेतृत्वको नेकपाले खड्गबहादुर विश्वकर्मा र उदय चलाउने रहेको वार्ता टोली गठन गरेको थियो ।

प्रधानमन्त्री ओलीको कार्यकालमा यसलाई दोस्रो महत्वपूर्ण उपलब्धी मानिएको छ । यसअघि वर्तमान सरकारले सिके राउतलाई पनि वार्ताको टेवुलमा ल्याएर शान्तिपूर्ण राजनीतिमा ल्याएको थियो

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);