राप्रपा अध्यक्ष थापा र विप्लवबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

राप्रपा अध्यक्ष थापा र विप्लवबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापा र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

शुक्रबार सामाजिक संजालमार्फत अध्यक्ष थापाले भेटबारे जानकारी दिएका छन् । भेटवार्तामा दुवै पक्षका बीच समसामयिक विषयमा विचार विमर्श भएको बतएका छन् ।

विप्लव नेतृत्वको माओवादीसँग सरकारले गरेको ३बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने राप्रपाको धारणा रहेको अध्यक्ष थापा बताए ।

ओली नेतृत्वको सरकारले भूमिगत संघर्षमा रहेको विप्लव समूहलाई शान्ति सम्झौतामा ल्याउन सफल भएको थियो । सोही क्रममा सरकारसँग भएका सहमति कार्यान्वयका लागि विप्लव पछिल्लो समय राजनीतिक भेटघाटमा सक्रिय भएका छन् ।

केही दिन अघि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार नेपाल र जसपाका नेता डा.बावराम भट्टराईसँग उनीहरुकै निवास पुगेर भेटवार्ता गरेका थिए । उनीहरुसँगको भेटका क्रममा विप्लवले सरकारसँग भएको सहमति कार्यान्वयन र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा नै छलफल गरेकोे बताइएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);