७ शीर्ष कम्युनिस्ट नेताहरूले आज एउटै मञ्चबाट सम्बोधन गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

७ शीर्ष कम्युनिस्ट नेताहरूले आज एउटै मञ्चबाट सम्बोधन गर्दै

काठमाडाैं । आज ७ जना कम्युनिस्ट नेताहरूले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन् ।

शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा पुष्पलाल स्मृति दिवसको अवसरमा ७ जना कम्युनिस्ट नेताहरूले सम्बोधन गर्ने भएका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, चन्द्रदेव जोशी र महिला नेतृ अष्टलक्ष्मी शाक्यसहित ७ जना कम्युनिस्ट नेताहरूले एउटै मञ्चबाट सम्बोधन गर्ने बताइएको छ ।

छरिएर रहेका कम्युनिस्ट नेताहरूले पहिलोपटक एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ । नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक नेताहरुले धारणा राख्ने बताइएको छ ।

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षलाई भने बोलाएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);