चिनियाँ राष्ट्रपति सीले आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्रीसहित प्रमुख नेताहरुले सहभागिता जनाउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

चिनियाँ राष्ट्रपति सीले आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्रीसहित प्रमुख नेताहरुले सहभागिता जनाउँदै

kp oli-xi

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले भर्चुअल मााध्यमबाट गर्ने सम्बोधनमा नेपालकातर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका प्रमुख नेताहरुले सहभागिता जनाउने भएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी सीपीसी स्थापनाको १०० वर्ष पुगेको अवसरमा चीनले शतवार्षिकी मनाइरहेको छ । यसै क्रममा आयोजना गरिएको राजनीतिक दलसम्बन्धी विश्वस्तरीय सम्मेलनमा आज राष्ट्रपति सीले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

सीपीसीले मंगलबार आयोजना गर्न लागेको भर्चुअल सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणालगायतका नेताहरूले सहभागिता जनाउने भएको बालुवाटार सा्रेतले जानकारी दिएको छ ।

सो सम्मेलनमा चिनियाँ राष्ट्रपति तथा कम्युनिस्ट पार्टीका महासचिव सी जिङ पिङले पनि सहभागिता जनाउने र मुख्य वक्ताका आफ्ना भनाइ राख्ने उक्त पार्टीको अन्तर्राष्ट्रिय विभागले जनाएको हो ।

‘जनहित र राजनीतिक दलको जिम्मेवारी’ विषयमा हुन लागेको भर्चुअल सम्मेलनमा विश्वका एक सय ६० भन्दा बढी मुलुकबाट विभिन्न राजनीतिक दल तथा राजनीतिक संगठनका पाँच सय नेता र एक हजार प्रतिनिधिले सहभागी जनाउने सीपीसी अन्तर्राष्ट्रिय विभागका प्रवक्ता हु जाओमिङले जानकारी दिएका छन् ।

सीपीसी स्थापनाको शदाब्दी वर्षगाठमा आयोजना हुन लागेको महत्वपूर्ण बहुपक्षीय कूटनीतिक कार्यक्रममा विश्वका नेताहरूबीच सरकार र प्रशासनसम्बन्धी अनुभव साटासाट हुने बताइएको छ ।

त्यस्तै कोभिड १९ महामारीले निम्त्याएका चुनौती संयुक्त रूपमा सामना गर्ने देखि जनहित, विश्व शान्ति र विकासलगायतका विषयमा पनि छलफल हुने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);