राष्ट्रपति भण्डारी र समकक्षी सीबीच शितल निवासमा भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्रपति भण्डारी र समकक्षी सीबीच शितल निवासमा भेटवार्ता

xi n bidhya vet

काठमाडौं, २५ असोज । नेपाल भ्रमणमा रहनु भएका चिनियाँ राष्ट्रपति सी जिनपिङ र समकक्षी विद्यादेवी भण्डारीबीच राष्ट्रपति निवास शितल निवासमा भेटवार्ता भएको छ ।

चिनियाँ राष्ट्रपति सी दुई दिने राजकीय भ्रमणको सिलसिलामा शनिबार काठमाडौं आउनु भएको हो । शनिबार अपरान्ह ५ बजे त्रिभुवन विमानस्थलमा एयर चाइनाको विमानबाट अवतरण गर्नु भएका राष्ट्रपति सीको स्वागत राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमै गर्नु भएको थियो ।

राष्ट्रपति सिको स्वागतका लागी त्रिभुवन बिमानस्थलमा उपराष्ट्रपति नन्द बहादुर पुन,प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र उपप्रधानमन्त्री, मन्त्रीहरुका साथै उच्च अधिकारीहरुको उपस्थीति रहेको थियो । विमानस्थलको स्वागतपछि नेपाली सेनाको टुकडीले विमानस्थलमै सीलाई राजकीय सलामी अर्पण गरेको थियो ।

त्यसपछि राष्ट्रपति सी करिव ५.४५ बजे विमानस्थलबाट सिधै सोल्टी होटल प्रस्थान गर्नुुभएको थियो । सोल्टी होटलमा आराम गरेपछि शनिवारै सीले नेपालका समकक्षी विद्यादेवी भण्डारीसँग राष्ट्रपति भवन शीतलनिवासमा शिष्टाचार भेट गर्नु भएको छ । उक्त भेटवार्तामा दुई देशको आपसी हितकाबारेमा कुराकानी भएको छ ।

शनिबारै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सीसँग शिष्टाचार भेटवार्ता गर्नु भएको छ । चिनियाँ राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति भण्डारीले होटल सोल्टीमा विशेष रात्रिभोजको आयोजना गर्नु भएको छ । रात्रिभोजमा सरिक भएपछि राष्ट्रपति सी समक्ष सुरसुधा ब्याण्डद्वारा सांगीतिक प्रस्तुति गरिएको थियो।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आइतबार बिहान चिनियाँ राष्ट्रपति सीसँग शिष्टाचार भेटघाट गर्नुहुनेछ । त्यसपछि ११ः३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता हुने कार्यक्रम छ । त्यस अवसरमा द्विपक्षीय सम्झौता हुने कार्यक्रम छ । राष्ट्रपति सी आइतबार दिउँसो १ बजे स्वदेश फिर्ता हुनुहुने कार्यक्रम छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);