राष्ट्रपति सीको नेपाल भ्रमणले दुइ देशबीच थप नयाँ उचाई पाउने विश्वास | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

राष्ट्रपति सीको नेपाल भ्रमणले दुइ देशबीच थप नयाँ उचाई पाउने विश्वास

xi cargate

काठमाडौं, २५ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणका लागि शनिबार अपरान्ह ४ बजेर ४५ मिनेटमा काठमाडौं आउनुभएको छ । समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा सी नेपाल आउनु भएको हो।

सन् १९९६ मा तत्कालिन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको भ्रमण गरे यता चिनियाँ राष्ट्र प्रमुखबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । २३ वर्षपछि भएको यो भ्रमणले नेपाल र चीन मित्रताको ६४ बर्ष लामो सम्बन्धलाई थप उचाईमा पु¥याउने देखिन्छ ।

भ्रमणका क्रममा हुने सम्झौता र सहमति एउटा पाटो होला तर छिमेकी देशका राष्ट्रपतिबाट भएको भ्रमण आफैंमा एउटा ऐतिहासिक पक्ष हो । छिमेकी देशका लागि लागि यो नै उपलव्धी मान्न सकिन्छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ माओत्सेतुङपछि चिनियाँ राजनीतिकै शक्तिशाली नेता मानिनुहुन्छ । विश्वकै ध्यान खिच्नसक्ने सामर्थ्य राख्ने सी जिनफिङ चिनियाँ कम्युनिष्ट पार्टिको केन्द्रिय नेता तथा कोर लिडर समेत हुनुहुन्छ ।

सन् १९९६ मा तत्कालिन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको भ्रमण गरे यता २३ वर्षपछि चिनियाँ राष्ट्र प्रमुखबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

सामाजिक साँस्कृतिक रुपमा पुरानो सम्बन्ध भए पनि राजनैतिक रुपमा चीनसँग नेपालको ६४ वर्ष पुरानो सम्बन्ध छ । यहि सम्बन्धलाई बर्तमान राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणले थप नयाँ उचाईमा पुर्‍याउने दुवै देशको लक्ष्य छ । साथै राष्ट्र प्रमुखको भ्रमणलाई निरन्तरता दिन दुवै देश लालायित देखिन्छ ।

विगत दुई दशकदेखि चीनबाट राष्ट्रपति तहको भ्रमण हुन सकेन । यसबीचमा भारतबाट पनि दशक बढी समय उच्च तहको भ्रमण भएको थिएन । अहिले भारतबाट पटक–पटक गरी प्रधानमन्त्री मोदीको नेपाल भ्रमण भइसकेको छ ।

यसको तुलनामा चीनबाट कमै मात्र उच्चस्तरीय भ्रमण भएको पाइन्छ । तर पछिल्लो समय चीनबाट पनि उच्च तहको भ्रमण हुन थालेको छ । राष्ट्रपति सी को भ्रमण पनि त्यसकै निरन्तरताको रुपमा लिन सकिन्छ ।

यतिबेला नेपालमा दुई तिहाइको स्थित सरकार छ । सरकारले विकासशील नारा दिएर काम गरिरहेको छ । यी सब नियालीरहेको चीन र भारत दुवै नेपालसँग सुमधुर सम्बन्ध बनाउन चाहन्छन् ।

भुकम्पको बेला नाकाबन्दी गरेर भारतले बिग्रेका सम्बन्धहरुलाई सुधार्न अनेकौँ प्रयास गरिरहेको छ । यस विच चीनबाट पनि उच्च स्तरकै भ्रमण हुनुले नेपाल प्रतिको अन्तराष्ट्रिय सम्बन्धमा नयाँ उचाई लिने देखिन्छ ।

चिनियाँ राष्ट्रपति सीको भ्रमण सबै राजनीतिक शक्ति र नागरिकको पनि चाहना हो । यसमा कुनै द्विविधा छैन । अहिलेको अनुकुल वातावरणमा सीको भ्रमण हुनु सान्दर्भिक छ । भ्रमणलाई लिने दिने भन्दा पनि आपसी सम्बन्ध र सौहाद्र्धताले बढी महत्व पाएको छ ।

केही समयअघि चिनियाँ विदेश मन्त्री वाङ यीले काठमाण्डौ आएर नेपालले विकास गर्न चाहेका परियोजनामा चीन सहयोग गर्न तत्पर छ भनेर भनिसक्नु भएको छ । यस्तो अवस्थामा परियोजना माग्ने सूची लामो बनाउने होइन ।

दिर्घकालिन फाईदाका लागि आन्तरीक योजना गृहकार्यमा हामी जिम्बेवार बन्नुपर्छ । माग्ने योजना भन्दा पनि सहकार्यमा बढि जोड दिने गरि अघि बढ्न र ऋणमै भए पनि काम गर्न सक्ने योजनामा जोड दिनुपर्छ ।

माग्ने प्रवृतिमा देश बनाउँछु भन्ने मानसिकता त्यागि सार्वभौमसत्ता सम्पन्न देशका नागरिकको शिर सगरमाथा जस्तै उँचो हुनेगरि दुवै देशलाई हित हुने परियोजनामा केन्द्रित हुन जरुरी छ ।

विगत भन्दा पछिल्लो समय नेपालप्रति चिनको चासो निकै बढेको छ । यस्तो अवस्थामा दुई छिमेकी मुलुक भारत र चिनसँग समानान्तर हुनेगरि गृहकार्य गर्दै आदानप्रदान सहितको सम्बध कायम राख्न सरकार चुक्नु हुँदैन ।

के दियो र नेपालले के पायो भन्ने भन्दा पनि दुवै देशका नागरिकको हित हुने गरि उच्च स्तरको सम्बन्ध कामय गरि दिर्घकालिन र बृहत्तर र बहुआयामिक सम्बन्धमा जोड दिनुपर्छ ।

यति बेला चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण अन्तर्राष्टिय चासोको विषय बनेको छ । भारतसंगको शक्ति सन्तुलनदेखि हर हिसावले यो भ्रमण अर्थपूर्ण छ । उत्तर दक्षिण रेलमार्ग जोड्न, नेपाललाई विकासको लागि ट्रान्जिट प्वाइन्ट बनाउनदेखि नेपाललाई मागी खाने भन्दा गरि खाने बनाउने वातावरणको लागि अबको ध्यान केन्द्रित हुनुपर्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);