चीनियाँ राष्ट्रपति सी उत्तर कोरिया पुगे | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

चीनियाँ राष्ट्रपति सी उत्तर कोरिया पुगे

उत्तर कोरीयाली नेता किम र सीबीच परमाणु र बित्तिय मुद्धामा छलफल हुने

एजेन्सी, ५ असार । चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणका लागि बिहीवार उत्तर कोरिया पुगेका छन् । सन् २००५ यता कुनै चिनियाँ शीर्ष नेताको यो पहिलो उत्तर कोरिया भ्रमण हो।

सन् २०१२ मा सत्तामा आएका सी पहिलोपटक उत्तर कोरिया भ्रमणमा गएका हुन् । सी र उत्तर कोरियाका नेता किम जोङ–उनबीच अहिलेसम्म चारपटकको औपचारिक भेट भएको छ । उत्तर कोरिया भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सी र उत्तर कोरियाका नेताबिचको भेटवार्तामा उत्तर कोरियाको परमाणु कार्यक्रम तथा वित्तिय मुद्दामा छलफल हुने जनाइएको छ ।

चीन, उत्तर कोरियाको महत्वपूर्ण व्यवसायिक साझेदारको रुपमा रहँदै आएको छ । गएको फेब्रुअरीमा भियतनामको हनोइमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबीचको वार्तामा सहमति नजुटेपछि सी पहिलोपटक किमलाई भेट्न उत्तर कोरीया पुगेका हुन् ।

उत्तर कोरियाको परमाणु निशस्त्रीकरणका सम्बन्धमा कुनै सहमति नै नगरी ट्रम्प–किम वार्ता टुंगिएको थयो । यही परिवेशमा हुन लागेको सीको उत्तर कोरिया भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

भ्रमणको अघिल्लो दिन चीनका राष्ट्रपति सीले उत्तर कोरियालाई चीनको साथ र सहयोग रहेको बताएका थिए । कोरियाली प्रायद्विपमा जारी तनाव राजनीतिक या कूटनीतिक रुपमा समाधान गर्नका लागि चीनले सहयोग गर्ने राष्ट्रपति सीले उल्लेख गरेका छन् । जापानमा अर्को हप्ता हुने जी–ट्वेन्टी सम्मेलन पूर्व सीले उत्तर कोरियाको भ्रमण गरेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);