उत्तर कोरिया पुनः रकेट प्रक्षेपण केन्द्र संचालनमा ल्याउने कसरतमा : परमाणु बिज्ञ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

उत्तर कोरिया पुनः रकेट प्रक्षेपण केन्द्र संचालनमा ल्याउने कसरतमा : परमाणु बिज्ञ

kim jong koria

काठमाडाैं, २२ फागुन । उत्तर कोरियाले रकेट प्रक्षेपण गर्ने केन्द्र पुनः सञ्चालनमा ल्याउन थालेको विज्ञले बताएका छन् । स्याटेलाइट मार्फत लिइएको नयाँ तस्बिरमा उत्तर कोरियाको परमाणु परीक्षण केन्द्रमा पुनः गतिविधि बढेको देखिएको विज्ञले बताएका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबीच भियतनामको राजधानी हनोइमा भएको दोस्रो वार्ताको दुई दिनपछि तस्बिर लिइएको जनाइएको छ । त्यसमा उत्तर कोरियाले परमाणु परीक्षण केन्द्र पुनः सञ्चानलमा ल्याउने तयारी गरेको देखिएको विज्ञको दाबी छ ।

गत वर्ष सिंगापुरमा भएको वार्तापछि उत्तर कोरिया परमाणु निशस्त्रिकरणका लागि तयार भएको थियो । तर हानोइमा भएको दोस्रो वार्तामा भने परमाणु निशस्त्रिकरणको प्रक्रियाबारे कुनै सहमति भएन ।

उत्तर कोरियाको तोङ्गचाङ्ग–री परमाणु केन्द्रमा गतिविधि बढेको देखिएको परमाणु बिज्ञहरुको भनाई छ । उत्तर कोरियाले यो केन्द्र स्याटेलाइट प्रक्षेपण तथा इन्जिनको परीक्षणका लागि प्रयोग गर्दै आएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);