भारतमा सांसद र विधानसभा सदस्यबीच कुटपिटको दृष्य सामाजिक संजालमा भाइरल | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

भारतमा सांसद र विधानसभा सदस्यबीच कुटपिटको दृष्य सामाजिक संजालमा भाइरल

india mp mla fight

कोमल प्रसाद दुलाल

एजेन्सी, २३ फागुन । विश्वमा आदी दर्जनभन्दा बढी देशमा संसद भवन भित्र चर्काचर्की मुक्कामुक्की भएका छन् । त्यसमध्ये कयौन घट्ना चर्चामा आउने गरेपनि कयौन सेलाएर जाने गर्दछन् । तर, बुधवार भारतको उत्तर प्रदेशमा सांसद र विधानसभा सदस्यबीच भएको कुटपिटको दृष्य अहिले सामाजिक संजालमा भाइरल बनेको छ ।

विश्वका कयौन देशहरुमा सांसद–सासंद, सांसद र मन्त्रीहरु बीच कुटाकुट र मुक्कामुक्की भएका धेरै उदाहरण छन् । अझ केही देशमा कुटपिट बाट सांसद समेत घाईते भएका छन् । नेपालमा पनि केही समय अगाडी तत्कालिन अर्थमन्त्री सुरेन्द्र पाण्डेले संसदमा बजेट प्रस्तुत गर्ने बेलामा कुर्सि हानाहान भएको थियो । यस्ता चर्चित उदाहरण मध्ये केही चर्चामा आएपनि केही भने बाहिर आएका छैनन । तर, बुधवार भारतको उत्तर प्रदेशमा सांसद र विधानसभा सदस्यबीच भएको कुटपिटको दृष्य सामाजिक संजालमा अहिले भाइरल बनेको छ ।

यो कुटपिटको कारण थियो, उत्तर प्रदेशको एक जिल्लामा संचालित कार्ययोजना सम्बन्धी प्रशंग । बैठकमा सांसद शरद त्रिपाठीले जिल्लाको विकास कार्यबारे लेखिएको शिलामा आफ्नो नाम नलेखिएको भन्दै गुनासो गरेका थिए । त्रिपाठीको भनाईप्रति मेंहदावलका भारतीय जनता पार्टीका विधायेक राकेश बघेलले त्यसमा आपत्ति जनाए ।

त्यसक्रममा बिवाद बढ्दै गएपछि सांसद त्रिपाठीले बघेलाई जुत्ता फुकालेर हिर्काएका थिए । मन्त्री आशुतोष टण्डनकै उपस्थितिमा सांसद त्रिपाठीले बधेललाई कुटपीट गरेका थिए । त्यसपछि विधायेक बघेलले त्रिपाठीलाई थप्पड हानेका थिए । पछि प्रहरी आएर उक्त घटनालाई साम्य पार्यो ।

अहिले विधायक राकेश बघेल आफ्ना समर्थकसहित धर्नामा छन् । उनले सांसद त्रिपाठीलाई कारवाही हुनु पर्ने माग समेत अघि सारेका छन् । हुन्त यस्ता घट्ना यस अघि पनि कयौन देशमा घटीसकेका छन् । केही समय अगाडी बंगलादेशमा यस्तै प्रकृतीको घट्ना घट्यो ।

त्यस अघि यूक्रेन, युगाण्डा, बंगालादेश, जोर्डन, टर्कि, साउथ अर्फिका, जर्जियाको संसद भित्र सांसदहरु बीच कुटाकुट, मुक्का मुक्की भईसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);