उत्तर कोरियाको कदमले ट्रम्प दुःखी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

उत्तर कोरियाको कदमले ट्रम्प दुःखी

trump tv address

काठमाडौं, २३ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले ‘रकेट साइट’ निर्माण गर्न लागेको घटना निकै दुःखद भएको बताएका छन् । उत्तर कोरियाले रकेट प्रक्षेपण गर्ने केन्द्र पुनः सञ्चालनमा ल्याउन थालेको समाचार बाहिर आएपछि ट्रम्पले आफनो धारणा सार्वजनिक गर्दै यस्तो बताएका हुन ।

स्याटेलाइट मार्फत लिइएको नयाँ तस्बिरमा उत्तर कोरियाको परमाणु परीक्षण केन्द्रमा पुनः गतिविधि बढेको देखिएको विज्ञहरुले दाबी गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबीच गएको फेब्रअरी २७ र २८ तारिखमा भियतनामको राजधानी हनोइमा भएको दोस्रो वार्ताको दुई दिनपछि उक्त तस्बिर लिइएको जनाइएको छ ।

गत वर्ष सिंगापुरमा भएको वार्तापछि उत्तर कोरिया परमाणु निशस्त्रिकरणका लागि तयार भएको थियो । तर हानोइमा भएको दोस्रो वार्तामा भने परमाणु निशस्त्रिकरणको प्रक्रियाबारे कुनै सहमति भएन ।

उत्तर कोरियाको तोङचाङग्री परमाणु केन्द्रमा गतिविधि बढेको देखिएको परमाणु बिज्ञहरुको दाबी छ । उत्तर कोरियाले सो केन्द्र स्याटेलाइट प्रक्षेपण तथा इन्जिनको परीक्षणका लागि प्रयोग गर्दै आएको छ ।

बुधवार मात्रै अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियाले आणविक कार्यक्रम त्यागेर निशस्त्रीकरणमा नगए अमेरिकाले उसमाथि नाकाबन्दी लगाउने चेतावनी दिएका थिए ।

उनको भनाई आएलगत्तै बिहिवार राष्ट्रपति ट्रम्पको यो धारणा आएको हो । ट्रम्पले यदि उत्तरकोरियाले रकेट प्रक्षेपणका लागि रकेट परीक्षण ‘साइट’ निर्माण गर्न लागेको भए त्यो आफनो लागि निरासाजनक बिषय भएको उल्लेख गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);