ट्रम्पद्वारा उत्तर कोरियाली नेता किम जोनसँग दोस्रो भेटवार्ता हुने घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

ट्रम्पद्वारा उत्तर कोरियाली नेता किम जोनसँग दोस्रो भेटवार्ता हुने घोषणा

trump-kim

काठमाडौं, २३ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनसँगको दोस्रो भेटवार्ता यहि महिना हुने औपचारिक घोषणा गरेका छन् । वार्षिक स्टेट अफ द युनियन सम्बोधनको क्रममा ट्रम्पले यहि महिना मै किम र आफ्नो भेटवार्ता हुने घोषणा गरेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोन उनउसंग हुने भनिएको दोस्रो सिखर वार्ता यहि महिनामै हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनसँगको दोस्रो भेटवार्ता यहि महिना हुने औपचारिक घोषणा गरेका छन । दुई नेताविचमा हुने यस पटकको वार्ता भियतनाममा हुने भएको छ । भियतनाममा फेब्रुअरी २७ र २८ मा आफूहरुबिच वार्ता हुने तय भएको ट्रम्पले जानकारी दिएका हुन् । गएको वर्षको जुनमा किम र ट्रम्पबिच पहिलोपटक ऐतिहासिक भेटवार्ता भएको थियो ।

त्यसयता नै दोस्रो भेटको तयारी थालिएको थियो । सिंगापुरमा भएको पहिलो वार्तामा उत्तर कोरिया परमाणु निशस्त्रीकरणका लागि सहमत भएको थियो । ट्रम्पले सम्बोधनको क्रममा उत्तर कोरियामा बन्धक बनाइएका आफ्ना नागरिकहरु घर फर्किएको बताएका छन् । उनले परमाणु परीक्षण रोकिएको तथा पछिल्लो १५ महिनायता मिसाइल परीक्षण नभएको बताएका छन् । सम्वोधनकै क्रममा किम जोङ–उनसँग उनको सम्बन्ध राम्रो रहेको दावी गरेका छन् । सम्बोधनको क्रममा यसअघि उनले आफ्नो देशमा राजनीतिक एकताका लागि आह्वान समेत गरेका छन् ।

ट्रम्पले सिनेटमा रहेका डेमोक्र्याटिक सांसदका बारेमा आपत्तिजनक शब्द गरेको केही घण्टापछिको सम्बोधनमा एकताका लागि आह्वान गरेका हुन् । सीमा पर्खालका लागि रकम जुटाउने विषयमा विवाद भएपछि अमेरिकी इतिहासमै लामो समय सरकारी कार्यालयको काम प्रभावित भएकाले सम्बोधनको मितिमा ढिलाइ भएको बताइएको छ । वार्ताको थप जानाकरी भने ट्रम्पले केही दिनमा हाउस अफ च्याम्बरलाई दिने अपेक्षा गरिएको छ । यसभन्दा पहिला दुई नेतास्तरीय पहिलो शिखर बार्ता गत जुन मा सिंगापुरमा भएको थियो । सिंगापुरमा भएको पहिलो वार्तामा उत्तर कोरिया परमाणु निशस्त्रीकरणका लागि सहमत भएको थियो ।

उत्तर कोरियाले दोस्रो वार्ताको लागि प्योङयाङलाई प्रस्ताव गरेका थियो भने अमेरिकाले भियतनामलाई उपयुक्त स्थानको रूपमा प्रस्ताव राख्दै आएको थियो । हाल बार्ताको अन्तिम तयारी स्वरूप अमेरिकी विशेष दूत स्टेफेन बेईगुन दक्षिण कोरियाहुँदै उत्तर कोरियाको भ्रमणमा रहेका छन् । दोस्रो शिखर बार्ताले उत्तर कोरियासँगको आणविक जटिलता अन्त्य भइ सन् २०५० देखि ५३ सम्मको दुई कोरिया बिचको सैन्य लडाई पूर्ण रूपले समाप्त हुनसक्ने अपेक्षा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);