आइएसले कब्जा गरेको भूमी शतप्रतिशत नियन्त्रणमा लिने ट्रम्पको दावी | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

आइएसले कब्जा गरेको भूमी शतप्रतिशत नियन्त्रणमा लिने ट्रम्पको दावी

trump tariffs

एजेन्सी, २४ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरिया र इराकमा इस्लामिक स्टेट (आइएस)ले कब्जा गरेको भूमीलाई आगामी हप्ताभित्र नियन्त्रणमा लिने दावी गरेका छन् ।

राष्ट्रपति ट्रम्पले अमेरिकी गठबन्धनका सहयोगीहरुसँग आगामी हप्ता कुनै पनि समय आइएसले कब्जा गरेको क्षेत्रलाई शतप्रतिशत नियन्त्रणमा लिएको घोषणा गरिने जनाएका छन् । उनले पछिल्लो दुई बर्षमा दुई हजार वर्गमाइल क्षेत्रलाई कब्जामुक्त गरेको भन्दै युद्धको मैदानमा विजयी भएको घोषणा गरेका हुन् ।

बासिंटनमा अमेरिकाले अगुवाइ गरेको गठबन्धनको बैठकमा राष्ट्रपति ट्रम्पले सिरियामा अब आइएसको केवल अवशेषमात्र बाँकी रहेको दावी गरे । आइएसविरुद्ध करिब ८० देशले मोर्चाबन्दी गरेका छन् । यो गठबन्धन सन् २०१४ देखि आइएसविरुद्ध लडिरहेको छ ।

राष्ट्रपति ट्रम्पले गठबन्धन सहयोगीहरुलाई धन्यवाद दिँदै आगामी वर्षमा पनि मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);