ट्रम्पद्वारा मध्यपूर्व शान्ति योजना सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ट्रम्पद्वारा मध्यपूर्व शान्ति योजना सार्वजनिक

trump middle east plan

एजेन्सी, १५ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा शान्ति स्थापानाका लागि आफ्नो बहुप्रतिक्षित योजनाको घोषणा गरेका छन् । ट्रम्पले प्यालेस्टाइन र इजरायलबीचको समस्या समाधानका लागि कार्यान्वयन गर्न सकिने किसिमको भएको भन्दै उक्त योजनाको घोषणा गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

शान्ति योजनाले कुनैपनि प्यालेस्टिनी वा इजरायलीको घर नउजाडिने राष्ट्रपति ट्रम्पको दावी छ । ह्वाइट हाउसमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग शान्ति योजनाको घोषणा गर्दै ट्रम्पले मध्य पूर्वमा शान्ति स्थापनागर्न ’प्यालेस्टाइनका लागि अन्तिम अवसर’ भएको समेत बताए ।

ट्रम्पको योजना अनुसार प्यालेस्टाइनलाई जेरूशेलममा राजधानी बनाउनका लागि ठाउँ उपलब्ध गराइनेछ र त्यहाँ अमेरिकाले गर्वका साथ आफ्नो दुतावास खोल्नेछ । अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायलले कब्जा गरेको पश्चिमी किनाराको क्षेत्रमा भने कुनै कटौती नहुने स्पष्ट पारेका छन् ।

घोषणा हुनुपूर्व नै बाहिरिएको योजनालाई प्यालेस्टाइनले अस्वीकार गर्ने घोषणा गरिसकेको छ ।प्यालेस्टाइनका राष्ट्रपति महमूद अब्बासले जेरूशेलम बिकाउ नभएको भन्दै ट्रम्पको योजनालाई अस्वीकार गर्ने घोषणा गरिसकेका छन् ।

बिश्वकै सबैभन्दा लामो समयदेखि जारी इजरायल प्यालेस्टाइन समस्या समाधान गर्ने प्रयासमा प्रस्तावित उक्त योजनाको मस्यौदा राष्ट्रपति ट्रम्पका छोरी ज्वाइँ ज्यारेड कुश्नरको अगुवाइमा तयार भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);