चीनमा कोरोना भाइरस प्रभावितको उपचारका लागि २ दिनमै अस्पताल तयार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चीनमा कोरोना भाइरस प्रभावितको उपचारका लागि २ दिनमै अस्पताल तयार

एजेन्सी, १५ माघ । चीनले कोरोना भाइरस प्रभावितको उपचारका लागि दुई दिनमै अस्पताल बनाएको छ । चीनको हुवाङगाङ सहरमा एक हजार शैयाको अस्पताल बुधबारदेखि पूर्ण रुपमा सञ्चालनमा आएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

अत्याधुनिक मेसिनहरुको प्रयोग गरेर रातारात अस्पताल बनाइएको हो । यस अस्पतालले २ हजार ३ सय कोराना भाइरस संक्रमित बिरामीहरुको उपचार गर्ने लक्ष्य लिएको छ ।

कोरोना भाइरस संक्रमितहरुका लागि निर्माण गरिएको यो अस्पताल विश्वकै पहिलो हो । ह्वाङगाङ केन्द्रीय अस्पतालको नयाँ शाखाको रुपमा बनाइएको यो अस्पताल परिसरमा रहेको खाली भवनमा मेडिकल सेन्टर, शय्या थपेर २ दिनमै तयार गरिएको हो ।

स्थानीय निकायले उक्त भवनलाई कोरोना भाइरसको संक्रमितका लागि उपचारका निम्ति प्रयोग गर्न दिने निर्णय शुक्रबारमात्रै गरेको थियो । त्यसपछि शनिबारबाट काम सुरु गरिएको थियो।

सोमबारसम्म स्वयंसेवकले सबै शय्याहरुको व्यवस्था गरिसकेका थिए। त्यसैगरी पानी, बिजुली, इन्टरनेटको सुविधा पनि थपियो। ५ सय भन्दा बढी कामदार तथा विभिन्न अत्याधुनिक उपरकरणको प्रयोग गरेर रातारात दुई दिनमा यो काम सम्पन्न गरिएको हो ।

वुहान सरकारले गत बिहीबार कोरोना भाइरस अस्पताल १ हप्ताभित्रमा निर्माण गरिसक्ने बताएको थियो । हालसम्म कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या १ सय ३२ पुगेको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारी अनुसार बुधबारसम्म कोरोना भाइरसको संक्रमणबाट १ सय ३२ जनाले ज्यान गुमाएका छन् भने झन्डै ६ हजारबढीमा यसको संक्रमण देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);