बेलायतकी महारानी एलिजावेथ द्वितीयद्वारा राष्ट्रको नाममा कोरोनाबारे दुर्लभ सम्बोधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बेलायतकी महारानी एलिजावेथ द्वितीयद्वारा राष्ट्रको नाममा कोरोनाबारे दुर्लभ सम्बोधन

maharani belayat

एजेन्सी, २४ चैत । बेलायतकी महारानी एलिजावेथ द्वितीयले कोरोना भाइरस महामारी विरुद्धको संघर्षमा संयुक्त अधिराज्य सफल हुने बताउनु भएको छ । दुर्लभ रूपमा बेलायतकी महारानीले राष्ट्रको नाममा गर्ने सम्बोधनमा एलिजावेथ द्वितीयले कोरोना भाइरस महामारी विरुद्धको संघर्षमा संयुक्त अधिराज्य सफल हुने बताउनु भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

उहाँले सरकारको नियम मानेर घरमै बस्ने वेलायतीहरुलाई धन्यबाद दिदै अरूका लागि सहयोग गर्न जुटेकाहरूको प्रशंसा गर्नुभयो । महारानीको सम्बोधन लगत्तै कोरोना संक्रमणका कारण आइसोलेसनमा रहेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई अस्पताल भर्ना गरिएको छ ।

प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना पोजेटिभ देखिएको १० दिनपछि पुनः परीक्षणका लागि अस्पतालमा भर्ना गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । कोरोना संक्रमणको पुष्टि भएपछि आइसोलेनमै बसेर प्रधानमन्त्रीको निवासबाटै काम गरिरहेको भएपनि पुनः परिक्षणका लागि जोनसनको अस्पताल बसाइलाई रुटिन टेष्टको रुपमा लिइएको बताइएको छ । जोन्सनलाई गत मार्च २७ तारिखमा कोरोना संक्रमण देखिएको थियो । बेलायतमा अहिलेसम्म कोरोना भाइरस संक्रिमतको संख्या ४७ हजार ८ सय ६ पुगिसकेको छ भने ४ हजार ९ सय ३४ जनाको मृत्यु भइसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);