बेलायतकाे राजकुमार फिलीपको ९९ वर्षको उमेरमा निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बेलायतकाे राजकुमार फिलीपको ९९ वर्षको उमेरमा निधन

एजेन्सी, २८ चैत । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलीपको निधनप्रति विश्व नेता तथा वेलायतीहरूले शोक प्रकट गरेका छन् ।

विश्वका नेताहरुले बेलायत र विश्वका लागि फिलीपको योगदानको स्मरण गर्दै शोक प्रकट गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले फिलिपको असाधारण जीवन र कामको स्मरण गर्दै ड्यूक अफ एडिनबर्ग’ ले स्वदेश तथा विदेशमा विभिन्न पुस्ताको माया पाएको उल्लेख गर्नुभएको छ ।

बेलायतकी महारानीसँग सात दशकभन्दा लामो बैबाहिक जीवनसँगै विताएका राजकुमार फिलिपले पछिल्ला केही वर्षयता उमेरका कारण राजपरिवार सदस्यका रूपमा औपचारिक जिम्मेवारीलाई हेर्न छाड्नुभएको थियो ।

फिलिपको ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घम राजदरबारले शुक्रबार नै घोषणा गरेको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);