भारतमा एकै दिन संक्रमित हुनेको संख्या एक लाख ४५ हजार नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भारतमा एकै दिन संक्रमित हुनेको संख्या एक लाख ४५ हजार नाघ्यो

एजेन्सी, २८ चैत । भारतमा पछिल्लो २४ घण्टामा एक लाख ४५ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा एक लाख ४५ हजार ३ सय ८४ मा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या अघिल्लो दिन संक्रमित हुनको संख्या करिब १४ हजारले बढी हो ।

योसँगै भारतमा संक्रमितको कुल संख्या एक करोड ३२ लाख ५ हजार ९ सय २६ पुगेको छ । जसमध्ये १० लाख ४६ हजारभन्दा धेरै सक्रिय संक्रमित रहेका छन्, एक करोड १९ लाख ९० हजार ८ सय ५९ जना संक्रमण मुक्त भएको छन् भने एक लाख ६८ हजार ४ सय ३६ को मृत्यु भईसकेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा सात सय ९४ को संक्रमणका कारण मृत्यु भएको छ ।

पछिल्लो समय भारतका विभिन्न राज्यहरुमा समेत कोरोनाविरुद्धको खोप अभाव देखिन थालेको छ । भारतमा कोरोनासंक्रमण दर बढेसँगै भारतले कोरोनाविरुद्धको खोप अन्य मुलुकहरुलाई निर्यातमा रोक लगाएको थियो । यद्यपी खोप अभाव देखिन थालेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

भारतमा हालसम्म ९ करोड ८० लाखभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);