भारतमा पछिल्लो २४ घण्टामा ८१ हजार संक्रमित, ४६९ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

भारतमा पछिल्लो २४ घण्टामा ८१ हजार संक्रमित, ४६९ जनाको मृत्यु

एजेन्सी, १९ चैत । भारतमा एकै दिन कोरोना संक्रमित हुनेको संख्या ८१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा ८१ हजार ४ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य तथा परिवार काल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा एकै दिन संक्रमित हुनेको संख्या दिनप्रति दिन उकालो लागीरहेको छ । यस अघिको २४ घण्टामा पनि भारतमा ७२ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको थियो । योसँगै भारतमा संक्रमितको कुल संख्या एक करोड २३ लाख २ हजार १ सय १० पुगेको छ ।

यो पनि पढ्नुहोस :

रनवीर पछि आलियालाई कोरोना संक्रमण
भारतमा एकै दिन संक्रमित हुनेको संख्या ७२ हजार नाघ्यो
कोरोना संक्रमण तीब्र रुपमा फैलिन थालेसँगै फ्रान्समा पुनः लकडाउन

भारतका पाँच राज्यहरु महाराष्ट्र, कर्नाटक, केरला, पञ्जाव र छत्तीसगढमा सबैभन्दा धेरै संक्रमित संख्या रहेका छन् ।

त्यसैगरी कोरोना संक्रमणका कारण भारतमा पछिल्लो २४ घण्टामा चार सय ६९ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको जम्मा संख्या एक लाख ६३ हजार ३ सय ९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ५० हजार ३ सय ५६ सहित भारतमा एक करोड १५ लाख २५ हजार ३९ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म भारतमा छ करोड ८७ लाख ८९ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

कोरोना भाइरस प्रभावित देशहरूको सूचीमा भारत तेस्रो स्थानमा छ । सबैभन्दा बढी प्रभावित अमेरिकामा भाइरसका कारण ५ लाख ५३ हजार १ सयभन्दा बढीको मृत्यु भइसकेको छ । दोश्रो स्थानमा ब्राजिल रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);