भारतमा एकै दिन ५३ हजारभन्दा बढीमा संक्रमण पुष्टि | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भारतमा एकै दिन ५३ हजारभन्दा बढीमा संक्रमण पुष्टि

एजेन्सी, १२ चैत । भारतमा पछिल्लो २४ घण्टामा ५३ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

यो संख्या अघिल्लो दिनको भन्दामा १३ प्रतिशतले बढी हो । भारतमा बुधबार ४७ हजार २ सय ६२ जनामा संक्रमण देखिएको थियो । योसँगै भारतमा संक्रमित हुनेको कुल संख्या १ करोड १७ लाख नाघेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट थप २ सय ५१ जनाको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ लाख ६० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा २६ हजार ४ सय ९० जना संक्रमणमुक्त भएका छन् । हालसम्म भारतमा संक्रमणमुक्त हुनेको संख्या १ करोड १२ लाख ३१ हजार नाघेको छ । भारतमा अहिलेसम्म ५ करोड ३१ लाखभन्दा बढीले कोरोना खोप लगाइसकेका छन् ।

पछिल्लो सातामा भारतमा संक्रमितको संख्या ह्वात्तै बढेको छ । भारतमा सुरु भएको कोरोनाको दाश्रो लहरले भयावह अवस्था सिर्जना गर्न सक्ने विश्लेषण गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);