भारतको १८ राज्यमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

भारतको १८ राज्यमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला

एजेन्सी , १२ चैत । भारतमा कोरोना भाइरसको डबल म्युटेन्ट नयाँ भेरियन्ट फेला परेको छ । भारतका १८ राज्यबाट संकलित १० हजार ७ सय ८७ नमूना मध्ये ७ सय ७१ नमुनामा कोरोनाको नयाँ भेरियन्ट भेटिएको हो ।

फेला परेको नयाँ भेरियन्टमा ७ सय ३६ बेलयाती भेरियन्ट, ३४ दक्षिण अफ्रिकी भेरियन्ट र एक ब्राजिलियन भेरियन्ट रहेको भारतीय स्वास्थ अधिकारीलाई उल्लेख गर्दै समाचार संस्थाहरुले बताएका छन् ।

संकलित नमूनाको परीक्षणबाट भाइरसको डबल म्युटेन्ट नयाँ भेरियन्टको संक्रमण पुष्टि भएसँगै जनस्वास्थ अधिकारीहरु दुई म्युटेन्ट भाइरसहरु एक भएको अवस्थामा बढि संक्रामक र खोपको प्रभावकारिता कम हुने वा नहुनेबारे अध्ययनमा जुटेका छन् ।

यद्यपी यतिबेला भारतमा बढिरहेको कोरोना संक्रमणमा भेटिएका यी नयाँ भेरियन्टहरु कारक भने नरहेको स्वास्थ अधिकारीहरुले बताएका छन् । भारतमा बुधबार एकै दिन ४७ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको थियो भने २ सय ७५ जनाले ज्यान गुमाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);