डब्ल्यूएचोद्धारा नयाँ भेरियन्टको भाइरसलाई थिटा, इटा, जिटा राखियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

डब्ल्यूएचोद्धारा नयाँ भेरियन्टको भाइरसलाई थिटा, इटा, जिटा राखियो


एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचो) कोरोना भाइरसको नयाँ तीन भेरियन्टलाई ग्रीक अल्फाबेटअनुसार विभिन्न नाम दिएको छ। नयाँ नाम दिइएका तीनओटा भेरियन्ट अफ कन्सर्न (भीओसी) अन्र्तगत जिटा (पी.२), इटा (बी.१.५२५) र थिटा (पी.३) छन् । यीनीहरुको जनस्वास्थ्यमा कति असर पर्छ भन्ने अध्ययनकै क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले जानकारी दिएका छन् ।

यसअघि डब्ल्लूएचओले बेलायतमा भेटिएको भेरियन्टलाई (बी.१.१.७) ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई (पी.१) ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई (बी.१.३५१) ‘बेटा’ र भारतमा भेटिएको भेरियन्ट (बी.१.६१७.२) लाई ‘डेल्टा’ नामाकरण गरेको थियो ।भारतमै फेला परेको अर्को भेरियन्ट (बी.१.६१७.१)लाई कप्पा नाम दिइएको थियो ।

मन्त्रालयका प्रवक्ता डा. पौडेलले अल्फा भेरियन्ट १६० मुलुक, बेटा भेरियन्ट ११३ मुलुक, गामा भेरियन्ट ६४ र डेल्टा भेरियन्ट ६२ मुलुकमा फैलिएको बताए ।पहिलो लहरको कोरोनाबाहेक नेपालमा पनि गामा र डेल्टा नामक भेरियन्टले ठूलो प्रभाव देखिएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);