दार्चुलामा जेठ ३० गतेसम्म निषेधाज्ञा थप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

दार्चुलामा जेठ ३० गतेसम्म निषेधाज्ञा थप

वाशु देव बडू,
दार्चुला
। विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाईरसको चैन ब्रेक गर्न दार्चुला जिल्ला भरी जेठ ३० गते सम्मका लागी निषेधाज्ञा थप गर्ने निर्णय गरिएको छ ।

जिल्ला कोभीड १९ संकट व्यवस्थापन केन्द्रको जेठ १८ गते बसेको बैठकले जिल्लामा कोरोना भाईरसको दास्रो लहर तिव्र रुपमा बढेको भन्दै निषेधाज्ञा थप गर्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई सिफारिस गरेको छ ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण लाई मध्येनजर गर्दै दार्चुला जिल्लाका ९ वटै स्थानिय तहहरुमा जेठ २० गते राती १२ बजे देखी लागु हुने गरी जेठ ३० गते राती १२ बजे सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

आज सम्म दार्चुला जिल्लामा जम्मा ८ सय २४ जना सक्रिय संक्रमित रहेको छन्, जसमध्ये २ सय ९७ जना महिला, ५ सय २७ जना पुरुष रहेको छन् ।

दार्चुला जिल्लामा कोरोना भाईरसबाट ११ जनाको मृत्यु भईसकेको छ भने कोरोना भाईरसको संक्रमणबाट निको हुनेको संख्या ५ सय ७६ रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);