दार्चुलामा असार २० गते सम्म निषेधाज्ञा थप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

दार्चुलामा असार २० गते सम्म निषेधाज्ञा थप

darchula

दार्चुला । विश्व भर महामारी का रुपमा फैलि रहेको कोरोना भाईरस को चैन ब्रेक गर्न दार्चुला जिल्ला भरी असार २० गते सम्म का लागी निषेधाज्ञा थप गर्ने निर्णय गरिएको छ ।

जिल्ला कोभीड १९ संकट व्यवस्थापन को असार ९ गते बसेको बैठक ले जिल्ला मा कोरोना भाईरस को दास्रो लहर मा कमी आए पनी जोखीम अझै कायम रहेको ले निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालय दार्चुला लाई सिफारिस गरेको छ ।

कोभीड १९ संकट व्यवस्थापन केन्द्र को बैठक ले कोभीड १९ संक्रमण रोकथाम तथा नियन्त्रण लाई मध्येनजर गर्दै दार्चुला जिल्ला का ९ वटै स्थानिय तहहरुमा असार १० गते राती १२ बजे देखी लागु हुने गरी असार २० गते राती १२ बजे सम्म निषेधाज्ञा लागु गरेको हो ।

यस अघी जिल्ला सदरमुकाम स्थित महाकाली नगरपालीका ले विभिन्न चरण मा गरी असार १० गते राती १२ बजे सम्म का लागी निषेधाज्ञा जारी गरी सकेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुला को सुचना अनुसार पुर्ववत निषेधाज्ञा मा केहि खुकुलो गरिएको छ ।

आज सम्म दार्चुला जिल्ला मा ११ जना को मृत्यु भईसकेको छ भने कुल संक्रमित संख्या १०२२ रहेको जस मध्ये ६४४ जना पुरुष ३७८ जना महिला र ४७ जना सक्रिय संक्रमित रहेका छन् । त्यसैगरी विभिन्न अस्पताल हरु बाट उपचार गरी डिस्चार्ज हुने को संख्या ९६४ रहेको जिल्ला प्रहरी कार्यालय ले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);