दार्चुलामा बैशाख मसान्तसम्म निषेधाज्ञा थप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

दार्चुलामा बैशाख मसान्तसम्म निषेधाज्ञा थप

दार्चुला । दार्चुलामा बैशाख मसान्तसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र दार्चुलाको शुक्रबार बसेको बैठकले जिल्लामा कोरोना भाईरसको दोश्रो लहर तिव्र रुपमा बढेको भन्दै निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई अनुरोध गरेको छ ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोभीड १९ संक्रमण रोकथाम तथा नियन्त्रण लाई मध्येनजर गर्दै दार्चुला जिल्ला का ९ वटै स्थानीय तहहरुमा आईतबार देखी लागु हुने गरी बैशाख ३१ गते सम्म निषेधाज्ञा लागु गरेको हो ।

यस अघि जिल्ला सदरमुकाम स्थित महाकाली नगरपालिकाले बैशाख १९ गते देखि बशाख २५ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

हालसम्म दार्चुलामा जम्मा १ सय ३१ सक्रिय संक्रमित रहेका छन् जसमध्ये ३३ महिला र २ बालबालिका समेत रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);