दाङमा पालो अनुसार हप्तामा २ दिन बैंक खुल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दाङमा पालो अनुसार हप्तामा २ दिन बैंक खुल्ने

दाङ । दाङमा एक हप्ता लकडाउन थप गरिएको छ । कोरोना माहामारीको संक्रमण तिव्र गतिमा फैलिएको भन्दै जारी लकडाउनलाई आउँदो जेष्ठ १ गते बेलुका ६ बजेसम्म थप गर्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा शुक्रवार घोराहीमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । यस अघि गएको बैशाख १७ गते विहान ६ बजेदेखि शनिवार २५ गते बेलुका ६ बजे सम्मका लागि लकडाउनको समय तोकिएको थियो ।

त्यस्तै लकडाउन थपिएपछि जिल्लामा रहेका बैंक हप्ताको दुई दिन पालो अनुसार दुई घण्टा खुल्ने भएका छन् । आर्थिक कारोबारका लागि बैंकलाई पालो अनुसार हप्ताको दुई दिन खुल्न दिइने निर्णय भएको प्रजिअ पौडेलले जानकारी दिनुभयो । बैंकहरु विहान ११ बजेदेखी दिउँसो १ बजेसम्म खोल्न पाइने छ । त्यस्तै आइतबार र बुधबार राष्ट्रिय बाणिज्य बैंक, नविल बैंक, सिभिल बैंक ,नेपाल बंगलादेश बैंक सिटीजन बैंक, प्रभु बैंक, एभरेष्ट बैंक, मेघा बैंक, सनराईज बैंक, सांग्रिला बैंक, मुक्तिनाथ बैंक, महालक्ष्मी बैंक, गुडवील फाइनान्स र गोर्खाज् फाईनान्स खुल्ने छन् ।

त्यस्तै सोमबार र विहीबार नेपाल बैंक लिमिटेड , हिमालयन बैंक लिमिटेड, बैंक अफ काठमाडौं, सानीमा बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एसिया बैंक, प्राईम कमर्सियल, नेपाल इन्भेष्टमेन्ट बैंक, ज्योति विकास बैंक, कामना सेवा विकास बैंक, साईन रेसुंगा बैंक, युनाईटेड फाईनान्स रहेका छन् । त्यस्तै मंगलबार र शुक्रबार कृषि विकास बैंक, एनसीसी बैंक, कुमारी बैंक, नेपाल एसविआई बैंक सेन्चुरी कमर्सियल बैंक, सिद्धार्थ बैंक, ग्लोबल आईएमई, एनएमबी बैंक, गरीमा विकास बैंक, कर्णाली विकास बैंक बेष्ट फाईनान्सलाई खुल्न दिने निर्णय भएको छ ।

यस्तैगरी जिल्लाका दुई उपमहानगरपालिका र एक नगरपालिकाले दुई सय तथा अन्य गाउँपालिकाले एक सय अक्सिजन सिलिण्डर खरिद गर्ने निर्णय भएको छ । यसका लागी पालिकाहरुले प्रदेश सरकार र संघिय सरकारसंग समन्वय गर्ने निर्णय भएको प्रजिअ पौडेलले जानकारी दिनुभयो । साथै विकास निर्माणका सामग्री ढुवानीका लागी बेलुका ६ बजेदेखी ९ बजे सम्म र अति आवश्यकीय समानहरु खरिद विक्री एवं ढुवानीको लागि विहान ७ देखि ८ बजे सम्म खुला गर्ने निर्णय भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);