दाङमा आउँदो असार १ गते सम्मका लागि लकडाउन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दाङमा आउँदो असार १ गते सम्मका लागि लकडाउन

दाङ। दाङमा आउँदो असार १ गते सम्मको लागि लकडाउन थपिएको छ । जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र (डिसिसीएमसी) को मंगलवार घोराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । तर, जिल्लामा लकडाउन थपिएको भएता पनि केही खुकुलो पारिएको छ । जिल्ला प्रशासन कार्यालय दाङले सुचना जारी गरि अब प्रत्येक दिन बिहान ६ बजेदेखि १० बजे सम्म होटल, रेष्टुरेन्ट, चियापसल, खाजाघर, शैलुन, जिम क्लब, सिनेमा हल बाहेक सबै पसल खोल्न निर्णय गरेको जनाएको छ । यस अघि प्रत्येक दिन बिहान ८ बजे सम्म मात्र किराना,तरकारी पसलहरु संचालन हुदै आएका थिए ।

यस्तै अब प्रत्येक बिहान १० बजेदेखि २ बजे सम्म बैंकहरुहरु पनि संचालन हुने भएका छन् । यस अघि हप्ताको २ दिन दैनिक २ घण्टा संचालन हुदै आएका थिए । त्यस्तै औद्योगिक प्रतिष्ठान र विकास निर्माणको काम गर्ने स्थलमा स्वास्थ्य मापदण्ड पालना गरेर काम गर्ने दिने र निर्माण समाग्रीहरु विक्री वितरण तथा ढुवानी गर्नको लागि प्रत्येक दिन बिहान ६ देखि ९ बजे सम्मको समय तोकिएको प्रमुख जिल्ला अधिकारी एवं केन्द्रका संयोजक दीर्घनारायण पौडेलले जानकारी दिए ।

यसैगरी नदिजन्य पदार्थ ढुवानी गर्नको लागि स्थानियतहको अपनुमतीमा विहान ८ देखि बेलुका ६ बजे सम्मको समय बाहेक अन्य समयमा र खानी जन्य पदार्थ ढुवानीको लागि होलेरी तर्फ बिहान ९ बजेदेखि बेलुका ७ बजे सम्म र बंगलाचुलीतर्फ बेलुका ५ बजेदेखि राती १२ बजे सम्म समय तोकिएको समेत उहाँले जानकारी दिनुभयो । जिल्लामा गत बैशाख १७ गतेदेखि लकडाउन हुदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);