दाङमा बैशाख १७ देखि २५ गतेसम्म लकडाउन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

दाङमा बैशाख १७ देखि २५ गतेसम्म लकडाउन

दाङ । दाङमा यहि बैशाख १७ गतेदेखि २५ गतेसम्म लकडाउनको घोषणा गरिएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा घोराहीमा बसेको सरोकारवालाहरुको बैठकले दाङमा ९ दिन लकडाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

बैठकले यहि बैशाख १७ गते बिहान ६ बजेदेखि २५ गते बेलुकी ६ बजे सम्म जिल्ला व्यापी लकडाउन गर्ने निर्णय गरेको हो । खाद्यान्न पसल भने दैनिक बिहान ६ बजेदेखि ८ बजे सम्म खुल्ने छन् । यस्तै अत्यावश्यक सवारी साधन बाहेक अन्य यातायात संचालनमा रोक लगाइएको छ ।

यस्तैगरी बैठकले कोरोना विशेष अस्पताल बेलझुण्डी अस्पताललाई ६५ वेड र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १ सय वेडको बनाउने निर्णय गरेको छ । यस्तै तुलसीपुर र घोराही उपमहानगरपालिकाले अक्सिजन सहितको ४०÷४० वेड क्षमताको आइसोलेशन र प्रत्येक गाउँपालिकाले २० वेड क्षमताको अक्सिजन सहितको आइसोलेसन बनाउने निर्णय भएको छ ।

यता तुलसीपुर उपमहानगरपालिकाका ५ वटा शाखाबाट प्रदान हुने सेवा बन्द हुने भएका छन् । सम्बन्धित शाखामा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयबाट प्रदान हँुदै आएका आर्थिक प्रशासन शाखा, भूमि व्यवस्था शाखा, वातावरण तथा हरियाली प्रर्वद्धन शाखा, भवन अनुमति तथा मापदण्ड कार्यान्वयन शाखा र नाप नक्सा इकाइ शाखा बन्द हुने भएको निमित्त प्रमुख प्रशासकिय अधिकृत भाष्करराज गौतमले जानकारी दिए ।

मगंलबार एक सूचना जारी गरी अत्यावश्यक बाहेकका अन्य सबै कामकाज आगामी शुक्रबारसम्म बन्द रहने जानकारी दिइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);