कैलालीमा बिहीबारबाट एक साताका लागि निषेधाज्ञा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

कैलालीमा बिहीबारबाट एक साताका लागि निषेधाज्ञा

कैलाली । कोरोना संक्रमण तिब्र भएपछि कैलालीमा बिहीबारबाट एक साताका लागि निषेधाज्ञा जारी हुने भएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र कैलालीले सिफारिस गरेअनुसार जिल्ला प्रशासन कार्यालयले यस्तो निर्णय गरेको हो । कैलालीमा १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी हुने छ ।
सरोकारवालाहरुले जिल्ला प्रशासन कार्यालय कैलालीलाई तत्काल कडा रूपमा लकडाउन गर्न सुझाएका थिए । उनीहरूले सीमा व्यवस्थापन गर्न समेत आग्रह गरेका छन् ।

सोमबार कैलाली र कञ्चनपुरमा ‘नाइट लकडाउन’ गर्ने सहमति भएको थियो । संक्रमण तीव्र भएपछि निषेधाज्ञा गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए ।
निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण गतिविधि बन्द गरिएको उनले बताए ।

त्यसैगरी पर्सामा पनि बिहीबार बाट निषेधाज्ञा जारी गरिने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);